देशमा पश्चिमी वायूको आंशिक प्रभाव, उच्च भू–भागमा हल्का हिमपातको सम्भावना
प्रकाशित मिति
२०८२ माघ १८ गते, आईतवार १०:०४
१८ माघ,२०८२ काठमाडौं – जल तथा मौसम विज्ञान विभागले हाल नेपालमा पश्चिमी वायूको आंशिक प्रभाव रहेको जनाएको छ। विभागका अनुसार सुदूरपश्चिम प्रदेशको तराई भू–भागका केही स्थानहरूमा हुस्सु तथा कुहिरो लागेको छ।
यसैगरी कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका साथै कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भू–भागमा आंशिक बदली रहेको छ। बाँकी भू–भागमा भने मौसम मुख्यतया सफा रहेको छ। आज दिउँसो तराई भू–भागका केही स्थानहरूमा हुस्सु तथा कुहिरो लागिरहने अनुमान गरिएको छ। कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली भू–भागमा साधारणतया बदली रहनेछ भने कोशी प्रदेशसहित बाँकी हिमाली भू–भागमा आंशिक बदली रहने विभागले जनाएको छ। अन्य भू–भागमा मौसम मुख्यतया सफा रहनेछ।

त्यसैगरी कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपात तथा वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।





प्रतिकृया