• १९ असोज २०८३, सोमबार
  • १०ः३५ राती

किन जादै छन् आज राष्ट्रपति पौडेल जापान ?

प्रकाशित मिति

२०८२ माघ १८ गते, आईतवार ०९:४६

१८ माघ,२०८२ काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेल आज जापानको औपचारिक भ्रमणमा प्रस्थान गर्दैछन्। परराष्ट्र मन्त्रालयका अनुसार राष्ट्रपति पौडेल माघ २१ गतेसम्म जापान भ्रमणमा रहनेछन्। नेपाल–जापान कूटनीतिक सम्बन्ध स्थापनाको ७०औं वर्षगाँठका अवसरमा जापान सरकारको निमन्त्रणामा राष्ट्रपति पौडेल नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै नेपाल एयरलाइन्सको उडानबाट जापान जानेछन्।

National Life

भ्रमणका क्रममा माघ २० गते टोकियोस्थित इम्पेरियल प्यालेसमा जापानका सम्राट नारुहितोसँग शिष्टाचार भेट तथा जापानका प्रधानमन्त्री सनई ताकाइचीसँग भेटवार्ता गर्ने कार्यक्रम तय भएको छ। साथै माघ १९ गते ७०औं वार्षिकोत्सवका अवसरमा आयोजित विशेष स्वागत समारोहमा उनी सहभागी हुनेछन्।

राष्ट्रपति पौडेल माघ २१ गते स्वदेश फर्कने कार्यक्रम रहेको छ। भ्रमणमा उनकी धर्मपत्नी सविता पौडेलसहित उच्चस्तरीय सरकारी अधिकारीहरू सहभागी छन्।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया