• ६ असोज २०८३, मंगलबार
  • १२ः४५ दिउँसो

काठमाडौँ महानगरले ७० वर्षमाथिका ज्येष्ठ नागरिकका लागि घरमै स्वास्थ्य सेवा सुरु

प्रकाशित मिति

२०८२ माघ १८ गते, आईतवार १०:५६

१८ माघ,२०८२ काठमाडौं – काठमाडौँ महानगरपालिकाले आजदेखि ७० वर्षमाथिका ज्येष्ठ नागरिकहरूका लागि घरदैलोमै आधारभूत स्वास्थ्य सेवा तथा परीक्षण सुरु गरेको छ। कार्यवाहक मेयर सुनिता डंगोलले ज्येष्ठ नागरिकका लागि स्वास्थ्य सेवा अस्पतालमै सीमित नरहने बताउँदै आजदेखि जटिल बिरामीलाई अस्पतालसम्म लैजाने काममा समेत महानगरपालिकाले सहजीकरण गर्ने जानकारी दिएकी छन्।

National Life

डंगोलले जारी गरेको वक्तव्यमा भनिएको छ, “अब स्वास्थ्य सेवा अस्पतालमै सीमित रहने छैन। ७० वर्षभन्दा माथिका अभिभावकहरूका लागि काठमाडौँ महानगरपालिकाले घरमै आधारभूत स्वास्थ्य सेवा आजबाट सुरु गरेको छ। स्वास्थ्य सर्वेक्षणदेखि स्वास्थ्य प्रवर्द्धन, नियमित परीक्षण, आवश्यक औषधि, परामर्शदेखि जटिल अवस्थामा अस्पतालसम्मको सहजीकरण सबै सेवा घरदैलोमै उपलब्ध गराइनेछ।”

‘असक्त हुँदा महानगरपालिकाको सेवा, ज्येष्ठ नागरिकलाई घरमै आधारभूत स्वास्थ्य सेवा’ भन्ने नाराका साथ यो अभियान सुरु गरिएको डंगोलले बताएकी छन्।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया