• ४ साउन २०८३, सोमबार
  • २:०८ बिहान

पश्चिमी वायुको आंशिक प्रभाव, केही स्थानमा वर्षा र हिमपातको सम्भावना

प्रकाशित मिति

२०८२ माघ १६ गते, शुक्रबार ०७:२१

१६ माघ,२०८२ काठमाडौं – जल तथा मौसम विज्ञान विभागले हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जनाएको छ। विभागका अनुसार हाल कोशी प्रदेश र मधेश प्रदेशका थोरै स्थानहरूमा हुस्सु लागेको छ भने कोशी प्रदेशसहित देशका पहाडी तथा हिमाली भू–भागमा आंशिक बादल लागेको अवस्था रहेको छ।

आज कोशी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको छ। साथै तराईका भू–भागमा हुस्सु तथा कुहिरो लाग्ने सम्भावना रहेकाले त्यसको प्रभावले दैनिक जनजीवन, पर्यटन, स्वास्थ्य तथा सडक यातायातमा आंशिक असर पर्न सक्ने विभागले जनाएको छ।

Kamana Sewa

आज दिउँसो तराईका केही स्थानहरूमा हुस्सु–कुहिरो रहनेछ भने देशभर आंशिक बादल लाग्ने अनुमान गरिएको छ। गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना कायमै रहेको छ।

Classic Tech Desktop

त्यस्तै आज राति देशका उच्च पहाडी तथा हिमाली भू–भागमा साधारणतया बादल लाग्नेछ भने बाँकी भू–भागमा आंशिक बादल रहनेछ। कोशी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको विभागले जनाएको छ।

प्रतिकृया