यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर
प्रकाशित मिति
२०८२ माघ १६ गते, शुक्रबार ०७:२६
१६ माघ,२०८२ काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। निर्धारण गरिएको विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १४६ रुपैयाँ ८४ पैसा र बिक्रीदर १४७ रुपैयाँ ४४ पैसा तोकिएको छ।
यस्तै, युरोपियन युरो एकको खरिददर १७५ रुपैयाँ ४५ पैसा र बिक्रीदर १७६ रुपैयाँ १७ पैसा रहेको छ भने युके पाउण्ड स्ट्रलिङ एकको खरिददर २०२ रुपैयाँ ५४ पैसा र बिक्रीदर २०३ रुपैयाँ ३६ पैसा कायम गरिएको छ। स्वीस फ्रयाङ्क एकको खरिददर १९१ रुपैयाँ ०६ पैसा र बिक्रीदर १९१ रुपैयाँ ८४ पैसा तोकिएको छ।

अष्ट्रेलियन डलर एकको खरिददर १०३ रुपैयाँ ३३ पैसा र बिक्रीदर १०३ रुपैयाँ ७५ पैसा, क्यानेडियन डलर एकको खरिददर १०८ रुपैयाँ ३३ पैसा र बिक्रीदर १०८ रुपैयाँ ७७ पैसा तथा सिङ्गापुर डलर एकको खरिददर ११६ रुपैयाँ ०६ पैसा र बिक्रीदर ११६ रुपैयाँ ५३ पैसा निर्धारण गरिएको छ।

जापानी येन १० को खरिददर नौ रुपैयाँ ५७ पैसा र बिक्रीदर नौ रुपैयाँ ६१ पैसा रहेको छ। चिनियाँ युआन एकको खरिददर २१ रुपैयाँ १४ पैसा र बिक्रीदर २१ रुपैयाँ २३ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३९ रुपैयाँ १५ पैसा र बिक्रीदर ३९ रुपैयाँ ३१ पैसा तथा कतारी रियाल एकको खरिददर ४० रुपैयाँ २९ पैसा र बिक्रीदर ४० रुपैयाँ ४६ पैसा तोकिएको छ।
त्यसैगरी, थाइ भाट एकको खरिददर चार रुपैयाँ ७० पैसा र बिक्रीदर चार रुपैयाँ ७२ पैसा, युएई दिराम एकको खरिददर ३९ रुपैयाँ ९८ पैसा र बिक्रीदर ४० रुपैयाँ १४ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३७ रुपैयाँ ३९ पैसा र बिक्रीदर ३७ रुपैयाँ ५४ पैसा कायम गरिएको छ। साउथ कोरियन वन १०० को खरिददर १० रुपैयाँ २२ पैसा र बिक्रीदर १० रुपैयाँ २७ पैसा तोकिएको छ।
स्वीडिस क्रोनर एकको खरिददर १६ रुपैयाँ ६१ पैसा र बिक्रीदर १६ रुपैयाँ ६७ पैसा तथा डेनिस क्रोनर एकको खरिददर २३ रुपैयाँ ५० पैसा र बिक्रीदर २३ रुपैयाँ ५९ पैसा निर्धारण गरिएको छ। हङकङ डलर एकको खरिददर १८ रुपैयाँ ८१ पैसा र बिक्रीदर १८ रुपैयाँ ८९ पैसा रहेको छ।
कुवेती दिनार एकको खरिददर ४८१ रुपैयाँ ८४ पैसा र बिक्रीदर ४८३ रुपैयाँ ८१ पैसा, बहराइन दिनार एकको खरिददर ३८९ रुपैयाँ ३४ पैसा र बिक्रीदर ३९० रुपैयाँ ९३ पैसा तथा ओमनी रियाल एकको खरिददर ३८१ रुपैयाँ ४३ पैसा र बिक्रीदर ३८२ रुपैयाँ ९९ पैसा तोकिएको छ। भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा कायम गरिएको छ।
राष्ट्र बैंकले आवश्यकताअनुसार विनिमयदर जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ। वाणिज्य बैंकहरूले तोक्ने विनिमयदर फरक हुन सक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको वेबसाइटमार्फत उपलब्ध हुने पनि जानकारी दिएको छ।




प्रतिकृया