तराई कुहिरोले ढाकियो, पहाडी–हिमाली क्षेत्रमा हल्का हिमपातको सम्भावना
प्रकाशित मिति
२०८२ माघ १७ गते, शनिबार ०८:२८
१७ माघ,२०८२ काठमाडौं – जल तथा मौसम विज्ञान विभागले नेपालमा पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव कायम रहेको जनाएको छ। यसको प्रभावका कारण हाल तराई भू–भागका केही स्थानहरूमा हुस्सु तथा कुहिरो लागेको छ भने गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली भू–भागमा आंशिक बदली देखिएको छ।
विभागका अनुसार आज दिउँसो तराईका धेरै स्थानहरूमा हुस्सु–कुहिरो कायमै रहनेछ। कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा आंशिक बदली रहने सम्भावना छ भने बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने अनुमान गरिएको छ। यस्तै, कोशी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपात तथा वर्षाको सम्भावना रहेको छ।
आज राति पनि तराईका थोरै स्थानहरूमा हुस्सु देखिन सक्ने विभागले जनाएको छ। कोशी, मधेश र बागमती प्रदेशमा आंशिक बदली रहनेछ भने बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहनेछ।
मौसममा देखिएको परिवर्तनका कारण दैनिक जनजीवन, विशेषगरी यातायात र हवाई उडानमा सतर्कता अपनाउन मौसमविद्हरूले आग्रह गरेका छन्।








प्रतिकृया