लक्ष्मी सनराइज बैंक घाटामा, दोस्रो त्रैमासमा २७ करोड ऋणात्मक
प्रकाशित मिति
२०८२ माघ १५ गते, बिहीबार ०९:५१
१५ माघ,२०८२ काठमाडौं – लक्ष्मी सनराइज बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ। बैंक पुस मसान्तसम्म २७ करोड ३६ लाख १६ हजार रुपैयाँ ऋणात्मक रहेको छ।
गत आर्थिक वर्षको सोही अवधिमा बैंकले १ अर्ब १६ करोड २० लाख ७६ हजार रुपैयाँ नाफा आर्जन गरेको थियो। तर चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा बैंकको वित्तीय अवस्था कमजोर देखिएको छ।

समीक्षा अवधिमा बैंकको सञ्चालन नाफा पनि १५ करोड ९८ लाख ८ हजार रुपैयाँ ऋणात्मक रहेको छ। यद्यपि बैंकको खुद ब्याज आम्दानी १.१४ प्रतिशतले बढेर ५ अर्ब २४ करोड ९० लाख ३७ हजार रुपैयाँ पुगेको छ।

बैंकको प्रतिसेयर आम्दानी २ रुपैयाँ ४ पैसा ऋणात्मक रहेको छ भने प्रतिसेयर नेटवर्थ १६६ रुपैयाँ २३ पैसा रहेको छ। बैंकको वितरणयोग्य नाफा ८४ करोड २७ लाख १३ हजार रुपैयाँ ऋणात्मक रहेको छ।
२६ अर्ब ७८ करोड ११ लाख ६३ हजार रुपैयाँ चुक्ता पुँजी रहेको बैंकको जगेडा कोषमा १७ अर्ब ७३ करोड ८२ लाख रुपैयाँ रहेको छ।
पुस मसान्तसम्म बैंकले ३ खर्ब ८४ अर्ब २३ करोड ८ लाख रुपैयाँ निक्षेप संकलन गरी २ खर्ब ८७ अर्ब ९० करोड ३१ लाख रुपैयाँ कर्जा लगानी गरेको छ। बैंकको खराब कर्जा ५.५० प्रतिशत रहेको छ।




प्रतिकृया