• ३ साउन २०८३, आइतबार
  • ४:४५ बेलुका

काठमाडौं उपत्यकासहित तराईमा बाक्लो हुस्सु, हवाई उडान प्रभावित

प्रकाशित मिति

२०८२ माघ १५ गते, बिहीबार ०९:५८

१५ माघ,२०८२  काठमाडौं –  काठमाडौं उपत्यकासहित तराई–मधेशका जिल्लामा आज बिहान बाक्लो हुस्सु–कुहिरो लागेको छ। हुस्सुका कारण दृश्यता (पारदर्शिता) कम हुँदा हवाई उडानसमेत प्रभावित भएका छन्।

काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने आन्तरिक उडानका अवतरण रोकिएका छन्। यस्तै भद्रपुर, जनकपुर, पोखरा, भैरहवा, नेपालगञ्ज, धनगढीलगायतका विमानस्थलहरूमा आज बिहानका उडानहरू ढिला भएका छन्।

Kamana Sewa

जल तथा मौसम विज्ञान विभागका अनुसार हिजो परेको वर्षाका कारण आज बिहान हुस्सु–कुहिरो लागेको हो। वाष्पीकरणको क्रममा माथिल्लो वायुमण्डलको तापक्रम चिसो भएकाले पानीका साना कण जमिन नजिकै अड्किँदा हुस्सु बनेको विभागले जनाएको छ।

Classic Tech Desktop

मौसमविद्हरूका अनुसार यो अवस्था दिउँसोदेखि क्रमशः हट्दै जानेछ। मौसम अध्येता डा. धर्मराज उप्रेतीले भने, “बिहानको समयमा हुस्सु–कुहिरोको अवस्था आज र भोलि दुई दिनसम्म देखिने सम्भावना छ।”

प्रतिकृया