भारत भ्रमणपछि प्रचण्ड आन्तरिक छलफलमा व्यस्त
प्रकाशित मिति
२०८२ पुष २२ गते, मंगलवार ०९:२७
२२ पुस,२०८२ काठमाडौं – नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ भारत भ्रमणबाट फर्किएलगत्तै आन्तरिक छलफलमा जुटेका छन्। एकता सन्देश सभालाई सम्बोधन गर्न नयाँदिल्ली गएका प्रचण्ड सोमबार राति स्वदेश फर्किएका हुन्। दिल्ली बसाइका क्रममा उनले भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभालसँग भेटवार्ता गरेका थिए।
प्रचण्ड आज बिहानदेखि पार्टीका नेताहरूसँग राष्ट्रिय सभाको निर्वाचनलगायत विषयमा छलफलमा व्यस्त रहेको उनको सचिवालयले जनाएको छ। यस क्रममा अन्य दलका शीर्ष नेताहरूसँग पनि भेटघाट हुन सक्ने स्रोतले बताएको छ।

राष्ट्रिय सभामा नेपाली कांग्रेस, नेकपा एमाले र नेपाली कम्युनिष्ट पार्टीबीच तालमेल गर्ने तयारी भइरहेको छ। स्रोतका अनुसार एमालेले ७, कांग्रेसले ७ र नेपाली कम्युनिष्ट पार्टीले ४ सिट पाउने मोडेलमा अनौपचारिक छलफल चलिरहेको छ। तर प्रचण्डले मधेशका साना दललाई समेत समेट्दै मतभारका आधारमा ‘सम्मानजनक सिट’ बाँडफाँटको प्रस्ताव अघि सारेका छन्।





प्रतिकृया