• २ असोज २०८३, शुक्रबार
  • ६ः०४ बेलुका

दिनप्रति दिन देशभर जाडो बढ्दै, काठमाडौंमा यस वर्षकै कम तापक्रम

प्रकाशित मिति

२०८२ पुष २२ गते, मंगलवार ०९:२१

२२ पुस,२०८२ काठमाडौं – देशभर जाडो बढ्दै गएको छ। काठमाडौंमा आज बिहान ५:४५ बजे न्यूनतम तापक्रम ३.४ डिग्री सेल्सियस मापन भएको छ, जुन यस वर्षकै हालसम्मको सबैभन्दा कम हो। जल तथा मौसम विज्ञान विभागका मौसमविद् डेभिड ढकालका अनुसार तापक्रम घट्दो क्रममा रहे पनि यो सरदरभन्दा केही बढी नै हो।

National Life

तराईमा बिहानीपख हुस्सु–कुहिरो केही दिन जारी रहने सम्भावना छ, तर शीतलहरको अवस्था भने छैन। आगामी तीन दिनसम्म उल्लेखनीय वर्षाको सम्भावना नरहेको विभागले जनाएको छ। उच्च पहाडी तथा हिमाली क्षेत्रका एक–दुई स्थानमा हल्का हिमपात हुन सक्ने अनुमान छ।

प्रतिकृया