• २० असोज २०८३, मंगलबार
  • १ः४३ राती

मादुरोका स्विस सम्पत्ति रोक्का, स्विट्जरल्याण्डको कडा कदम

प्रकाशित मिति

२०८२ पुष २२ गते, मंगलवार ०९:४३

२२ पुस,२०८२ काठमाडौं – भेनेजुएलाविरुद्धको अमेरिकी कारबाही र अपदस्थ राष्ट्रपति निकोलस मादुरोको पक्राउपछि अन्तर्राष्ट्रिय राजनीति थप तरंगित बनेको छ। यसैबीच स्विट्जरल्याण्डले मादुरोविरुद्ध महत्वपूर्ण कदम चालेको छ।

National Life

स्विस सरकारले निकोलस मादुरोको स्विट्जरल्याण्डमा रहेका सबै सम्पत्तिहरू तुरुन्तै रोक्का गरेको जनाएको छ। संघीय सरकारले ती सम्पत्तिहरू अवैध रूपमा आर्जन गरिएको प्रमाणित भएमा भेनेजुएलाका जनताको हितमा प्रयोग गर्ने प्रयास गरिने स्पष्ट पारेको छ।

स्विस संघीय परिषद्ले जनवरी ५, २०२६ मा निर्णय गर्दै मादुरोसँग सम्बन्धित सबै सम्पत्ति फ्रिज गरेको हो। वर्तमान परिस्थितिमा शंकास्पद सम्पत्ति देशबाहिर सार्न नपाओस् भन्ने उद्देश्यले यो कदम चालिएको स्विस सरकारको भनाइ छ। यो आदेश भने हालको भेनेजुएला सरकारका सदस्यहरूमा लागू नहुने जनाइएको छ।

Classic Tech Mobile
Classic Tech Desktop

स्विट्जरल्याण्डका अनुसार यो कारबाही २०१८ देखि भेनेजुएलामाथि लागू प्रतिबन्धभन्दा अलग, विदेशी नेताहरूको अवैध सम्पत्ति फ्रिज र फिर्ता गर्ने विशेष कानुनअन्तर्गत गरिएको हो।

यसअघि जनवरी ३ मा अमेरिकी सेनाले काराकसबाट निकोलस मादुरोलाई पक्राउ गरी अमेरिका लगेपछि भेनेजुएलाको अवस्था तनावपूर्ण बनेको छ। स्विट्जरल्याण्डले सबै पक्षलाई संयम अपनाउन, अन्तर्राष्ट्रिय कानुनको पालना गर्न र शान्तिपूर्ण समाधानतर्फ अघि बढ्न आग्रह गर्दै मध्यस्थताको प्रस्तावसमेत गरेको छ।

सम्पत्ति रोक्का गर्ने आदेश तुरुन्तै लागू भई चार वर्ष वा अर्को सूचना नआएसम्म कायम रहने स्विस सरकारले जनाएको छ।

प्रतिकृया