• २० असोज २०८३, मंगलबार
  • १ः४३ राती

सुपर खुदी हाइड्रोपावरको आईपीओ आजदेखि खुला

प्रकाशित मिति

२०८२ पुष २२ गते, मंगलवार ०९:५३

२२ पुस,२०८२ काठमाडौं – सुपर खुदी हाइड्रोपावर लिमिटेडले आज पुस २२ गतेदेखि आयोजना प्रभावित स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) खुला गरेको छ।

National Life

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँका दरले कुल ३१ लाख कित्ता आईपीओ निष्कासन गर्न नेपाल धितोपत्र बोर्डबाट पुस ६ गते अनुमति पाएको थियो। जसमध्ये १५ लाख २० हजार कित्ता आयोजना प्रभावित स्थानीयका लागि र १ लाख ५५ हजार कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि छुट्याइएको छ।

आयोजना प्रभाविततर्फ ६ लाख २० हजार कित्ता मस्र्याङ्दी गाउँपालिका वडा नं. २ र ३ तथा बाँकी ९ लाख ३० हजार कित्ता सोही गाउँपालिकाका अन्य सम्बन्धित वडाका स्थानीय बासिन्दाका लागि निष्कासन गरिएको हो।

Classic Tech Mobile
Classic Tech Desktop

आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्तासम्म आवेदन दिन सकिनेछ। आयोजना प्रभावितले माघ ६ गतेसम्म र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले पुस २९ गतेसम्म आवेदन दिन सक्नेछन्। मागभन्दा कम आवेदन परेमा अवधि थपिनेछ।

आयोजना प्रभावितले प्रभु बैंक, ग्लोबल आइएमई बैंक, कृषि विकास बैंक, प्राइम कमर्सियल बैंकको बेसीशहर शाखा तथा हिमालयन बैंकको भुलभुले शाखाबाट आवेदन दिन सक्नेछन्। वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले सी–आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थामार्फत आवेदन दिन सक्नेछन्।

आईपीओका लागि केयर रेटिङ नेपालले कम्पनीलाई ‘केयर एनपी डबल बी इस्यूअर’ रेटिङ दिएको छ, जसले मध्यम जोखिम संकेत गर्छ। आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकको जिम्मेवारी ग्लोबल आइएमई क्यापिटल लिमिटेडले लिएको छ।

प्रतिकृया