यस्तो छ आजको मौसम पूर्वानुमान
प्रकाशित मिति
२०८२ पुष १८ गते, शुक्रबार ०९:२१
१८ पुस,२०८२ काठमाडौं — जल तथा मौसम विज्ञान विभागले देशभर पश्चिमी वायूको प्रभाव कायम रहेको जनाएको छ । यसका कारण सुदूरपश्चिम प्रदेशसहित देशका उच्च पहाडी तथा हिमाली भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहेको विभागले जानकारी दिएको छ ।
विभागका अनुसार देशका उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको छ । यसले दैनिक जनजीवन, पर्यटन, स्वास्थ्य र सडक यातायातमा आंशिक प्रभाव पार्न सक्ने देखिएकाले विभागले दैनिक रूपमा जारी हुने अद्यावधिक मौसमी सूचनामा ध्यान दिन अनुरोध गरेको छ ।

आज दिउँसो र राति देशका पहाडी तथा हिमाली भू–भागमा साधारण बदली रहनेछ भने बाँकी भू–भागमा आंशिक बदली रहने पूर्वानुमान छ । कोशी र गण्डकी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षा हुने सम्भावना रहेको छ भने देशका उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानमा हल्का हिमपात हुन सक्ने विभागले जनाएको छ ।

यसैगरी तराई भू–भागका धेरै स्थानमा बिहानीपख हुस्सु–कुहिरो लाग्ने सम्भावना रहेकाले सवारी चालक तथा यात्रुलाई सतर्कता अपनाउन मौसमविद्हरूले सुझाव दिएका छन् ।




प्रतिकृया