• ४ साउन २०८३, सोमबार
  • ६:५९ बेलुका

देउवाले किन बोलाए कांग्रेस शीर्ष नेतालाई छलफलमा ?

प्रकाशित मिति

२०८२ पुष १८ गते, शुक्रबार ०९:३०

१८ पुस,२०८२ काठमाडौं — नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले विशेष महाधिवेशनको तयारी थालेपछि सभापति शेरबहादुर देउवाले शीर्ष नेताहरूसँग छलफल गर्ने भएका छन् । देउवाले शुक्रबार बिहान कार्यवाहक सभापति पूर्णबहादुर खड्कासहितका नेताहरूलाई महाराजगञ्जस्थित निवासमा बोलाएका हुन् । स्रोतका अनुसार बिहान ९ बजेपछि छलफल हुने तय छ ।

यसैबीच, कांग्रेसले आज दिउँसो ३ बजे सानेपास्थित केन्द्रीय कार्यालयमा केन्द्रीय कार्यसम्पादन समिति बैठक बोलाएको छ । वडा अधिवेशन प्रभावित बनेपछि महामन्त्रीद्वयले नियमित अधिवेशन स्थगनको घोषणा गर्दै २७ पुसका लागि विशेष महाधिवेशन गर्ने तयारी थालेका छन्, जसका लागि भृकुटीमण्डपसमेत बुक भइसकेको छ ।

Kamana Sewa

प्रतिकृया