• ४ साउन २०८३, सोमबार
  • १:१३ बिहान

नेपाल विद्युत् प्राधिकरणमा २६० भन्दा बढी कर्मचारी भर्ना

प्रकाशित मिति

२०८२ पुष १८ गते, शुक्रबार ०९:४९

१८ पुस,२०८२ काठमाडौं —  नेपाल विद्युत् प्राधिकरणले २६० भन्दा बढी कर्मचारी भर्नाका लागि आवेदन खुलाएको छ । प्राधिकरणले अधिकृतदेखि सहायकस्तरसम्मका विभिन्न पदमा दरखास्त आह्वान गरेको हो ।

विज्ञापनअनुसार अधिकृतस्तरका सहनिर्देशकदेखि वातावरणविदसम्म १३२ जना तथा सहायकस्तरका मिटर रिडिङ सुपरभाइजर, सुपरभाइजर र लेखापाल पदमा १३० जना कर्मचारी भर्ना गरिनेछ ।

Kamana Sewa

योग्यता पुगेका इच्छुक उम्मेदवारले माघ १० गतेभित्र अनलाइनमार्फत आवेदन दिन सक्ने प्राधिकरणले जनाएको छ । यसैगरी, प्राधिकरणले ज्येष्ठता, कार्यसम्पादन मूल्यांकन र कार्यक्षमता मूल्यांकनका आधारमा हुने बढुवाका लागि पनि विभिन्न पदमा आवेदन खुलाएको जानकारी दिएको छ ।

Classic Tech Desktop

प्रतिकृया