• ४ साउन २०८३, सोमबार
  • १:४६ बिहान

एमाले पार्टी कार्यालयमा नेता कर्ण थापामाथि दुव्र्यवहार

प्रकाशित मिति

२०८२ मंसिर १४ गते, आईतवार ०७:३२

मंसिर १४, २०८२ काठमाडौं – एमाले पार्टी कार्यालय च्यासलमा नेता कर्ण थापामाथि दुव्र्यवहार भएको छ। ११औँ महाधिवेशनको लोगो सार्वजनिक कार्यक्रमका क्रममा अध्यक्ष केपी शर्मा ओलीसहितका शीर्ष नेता कार्यालय पुगेका बेला थापालाई धकेलिएको घटना भएको हो।

पार्टी कार्यालयको प्यासेजतर्फ हिँडिरहेका थापालाई ओलीका लागि बाटो खाली गर्न भन्दै कार्यकर्ताले धकेलेर पन्छाएको बताइएको छ। आफूलाई जबर्जस्ती धकेलिएको महसुस भएपछि थापाले ‘के गरेको?’ भन्दै आपत्ति व्यक्त गरेका थिए।

Kamana Sewa

आसन्न महाधिवेशनलाई लक्षित आन्तरिक तयारीमा थापा ईश्वर पोखरेल समूहतर्फ उभिएको मानिन्छ। सोही कारण ओली पक्षका कार्यकर्ताबाट उनीमाथि दुव्र्यवहार गरिएको नेताहरुले प्रतिक्रिया दिएका छन्।

Classic Tech Desktop

प्रतिकृया