• ६ असोज २०८३, मंगलबार
  • १२ः५२ दिउँसो

प्रधानमन्त्री कार्कीसँग सहिद परिवारको छलफल, के भयो निर्णय ?

प्रकाशित मिति

२०८२ मंसिर १४ गते, आईतवार ०७:२६

मंसिर १४, २०८२ काठमाडौं –  प्रधानमन्त्री सुशीला कार्कीले ‘जेन–जी’ प्रदर्शनका क्रममा सहादत प्राप्त व्यक्तिहरूका परिवारसँग सिंहदरबारमा छलफल गरेकी छन्। आइतबार भएको भेटमा सरकारले आन्दोलनले दिएको ‘म्यान्डेट’अनुरूप गरिरहेको कामबारे विस्तृत चर्चा भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

National Life

सहिद परिवारको तर्फबाट भोजविक्रम थापाको नेतृत्वमा आएको प्रतिनिधिमण्डलले केवल चुनाव घोषणामा सीमित नभई भ्रष्टाचारविरुद्ध कडा कारबाही तथा आन्दोलनका क्रममा दमन गर्नेहरूलाई तत्काल पक्राउ गर्नुपर्ने माग अघि सारेको थियो। उनीहरूले यसअघि सरकारलाई बुझाएको १४ बुँदे माग शीघ्र कार्यान्वयन हुनुपर्ने भन्दै चेतावनी पनि दिएका छन्, अन्यथा आन्दोलन पुनः भड्किन सक्ने स्थिति नआओस् भन्ने आग्रह राखिएको थियो।

प्रधानमन्त्री कार्कीले सहिद परिवारका माग तथा आन्दोलनका म्यान्डेटप्रति सरकार गम्भीर र इमानदार रहेको बताइन्। छलफलमा युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ता, मुख्य सचिव सुमनराज अर्याललगायत अधिकारीहरूको उपस्थिति रहेको थियो।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया