• २० असोज २०८३, मंगलबार
  • ६ः५७ बिहान

नेपाली कांग्रेसको १५औँ महाधिवेशन पुस २६ देखि २९ मा, विवाद चिर्दै निकास

प्रकाशित मिति

२०८२ मंसिर १४ गते, आईतवार ०७:३८

मंसिर १४, २०८२ काठमाडौं – नेपाली कांग्रेसले लामो समयदेखि रोकिएको १५औँ महाधिवेशनको मिति पुस २६ देखि २९ गतेसम्म हुने गरी तय गरेको छ। असोज २८ पछि उत्पन्न महाधिवेशनसम्बन्धी विवादले पार्टी अवरुद्ध भइरहेको अवस्थामा सभापति शेरबहादुर देउवाको निर्देशनअनुसार निकास निकालिएको हो।

National Life

आइतबार कार्यवाहक सभापति पूर्णबहादुर खड्काले महामन्त्री गगन थापा र विश्वप्रकाश शर्मा, नेता रमेश लेखक तथा प्रचार विभाग प्रमुख मीन विश्वकर्मासँग छलफल गरी एकीकृत कार्यतालिका प्रस्ताव तयार पारेका छन्।

उक्त कार्यतालिका सोमबार बस्ने केन्द्रीय समिति बैठकमा कार्यवाहक सभापति खड्काले नै प्रस्तुत गर्नेछन्। यसअघि महामन्त्री र सह–महामन्त्री समूहले छुट्टाछुट्टै प्रस्ताव पेश गरेकाले यसपटक सहमतिको प्रस्ताव खड्कामार्फत पेस गरिने स्रोतले जनाएको छ।

Classic Tech Mobile
Classic Tech Desktop

स्रोतका अनुसार कार्यवाहक सभापतिको प्रस्ताव छलफलका लागि होइन, निर्णयार्थ पेस गरिँदैछ। संसदमा टेबुल प्रणालीजस्तै, अन्तिम निर्णयसभामा पेस हुने प्रस्तावका रूपमा प्रस्तुत गरिने बताइएको छ। प्रस्तावमा विमति आएमा मतविभाजनमार्फत निर्णय लिने व्यवस्था रहनेछ।

खड्काले आवश्यक नेताहरूसँग थप समन्वय गरी प्रस्तावलाई सर्वसम्मत बनाउने प्रयास भइरहेको पनि बताइएको छ।

प्रतिकृया