• ४ साउन २०८३, सोमबार
  • १:५३ बिहान

बाराको सिमरामा झडपपछि कर्फ्यू जारी

प्रकाशित मिति

२०८२ मंसिर ३ गते, बुधबार ०१:०२

मंसिर  ३, २०८२ काठमाडौं— बाराको सिमरामा बुधबार भएको झडपपछि जिल्ला प्रशासन कार्यालयले कर्फ्यू आदेश जारी गरेको छ। स्थानीय प्रशासनले स्थिति भड्किन नदिन गण्डक नहरदेखि पथलैया सडकखण्डको दायाँ–बायाँ ५०० मिटर र सिमरा विमानस्थल वरिपरि ५०० मिटर क्षेत्रमा बुधबार दिउँसो १२:३० बजेदेखि राति ८ बजेसम्म कुनै पनि भेला, जुलस, प्रदर्शन, सभा, बैठक वा घेराउ गर्न प्रतिबन्ध लगाएको छ।

झडप एमाले नेता महेश बस्नेतको सिमरा आगमनको क्रममा भएको थियो। सिमरा विमानस्थलमा जेन–जी प्रदर्शनकारी र युवा संघका कार्यकर्ताबीच विवाद भएपछि प्रहरी र जेन–जी युवाबीच झडप भएको हो। झडपका कारण विमानस्थल क्षेत्रमा स्थिति तनावग्रस्त बनेको छ।

Kamana Sewa

यसैबीच, युवा जनजागरण अभियान कार्यक्रम अन्तर्गत बाराको परवानीपुरमा नेकपा एमालेका युवा संगठन युवा संघले मधेश प्रदेशस्तरीय कार्यक्रम आयोजना गरेको थियो। कार्यक्रममा सम्बोधन गर्न एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल र नेता महेश बस्नेत आउन लागेका थिए।

Classic Tech Desktop

जेन–जी युवाहरूले नेता आगमन रोक्न सक्रिय भएको कारण झडप भड्किएको बताइएको छ।

प्रतिकृया