• ३ साउन २०८३, आइतबार
  • ३:४९ बेलुका

बाराको सिमरामा नेकपा एमाले नेता–कार्यकर्ता र जेन–जी बीच झडप, विमानस्थल तनावग्रस्त

प्रकाशित मिति

२०८२ मंसिर ३ गते, बुधबार १२:५७

मंसिर  ३, २०८२ काठमाडौं— नेकपा एमालेका नेता–कार्यकर्ता र जेन–जी पुस्ताका युवाबीच बाराको सिमरामा बुधबार झडप भएको छ। झडपका कारण सिमरास्थित विमानस्थलक्षेत्र तनावग्रस्त बनेको छ। जेन–जी प्रदर्शनकारीहरूले विमानस्थलको गेट तोडफोड गरेका छन्।

जिल्ला प्रहरी कार्यालय बाराका डीएसपी विजयराज पण्डितका अनुसार, स्थिति तनावग्रस्त भएपछि ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ।

Kamana Sewa

नेपाली कम्युनिस्ट पार्टी (एमाले) ले बाराको परवानीपुरमा बुधबार मधेश प्रदेशस्तरीय युवा भेला आयोजना गरेको थियो। कार्यक्रममा प्रमुख अतिथिका रूपमा एमाले महासचिव शंकर पोखरेल र पोलिट्ब्युरो सदस्य तथा युवा संघ इञ्चार्ज महेश बस्नेत सिमरामा आउँदै थिए।

Classic Tech Desktop

तर युवा भेला आयोजना भएको थाहा पाएपछि बाराका केही युवाले कार्यक्रम बिथोल्ने उद्देश्यले जेन–जीको प्रदर्शनको आह्वान गरेका थिए। त्यसपछि बुधबार बिहानैदेखि सिमरा क्षेत्रमा युवा जम्मा हुन थाले।

काठमाडौंबाट आउँदै गरेका पार्टी महासचिवसहितका नेतालाई स्वागत गर्न एमालेका नेताहरू विमानस्थलतर्फ जाँदै गर्दा बाटोमै दुवै पक्षबीच वादविवाद भएको थियो। त्यस क्रममा एमालेका एक नेताले एक युवालाई थप्पड हानेपछि झडप भड्किएको स्थानीय स्रोतले जनाएका छन्।

झडपको क्रममा आक्रोशित युवाहरू विमानस्थल पुगे र तोडफोड सुरु गरे। अहिले पनि विमानस्थल क्षेत्रमा स्थिति तनावग्रस्त छ। काठमाडौंबाट आउँदै गरेका नेताहरू रोकिएका छन् भने एमालेका निवर्तमान सांसदहरू किशान श्रेष्ठ, अच्युत मैनाली, ज्वाला साहलगायत नेताहरू विमानस्थलभित्रै सुरक्षित छन्।

प्रतिकृया