• ४ असोज २०८३, आइतबार
  • ४ः२९ बिहान

सिमरामा तनाव: एमाले नेता पोखरेल–बस्नेतलाई जहाजबाट ओरालियो

प्रकाशित मिति

२०८२ मंसिर ३ गते, बुधबार ०१:१२

मंसिर  ३, २०८२ काठमाडौं— बाराको परवानीपुरमा हुन लागेको मधेश प्रदेशस्तरीय युवा भेलालाई सम्बोधन गर्न जाने क्रममा नेकपा एमालेका महासचिव शंकर पोखरेल र नेता महेश बस्नेतलाई जहाजबाट ओरालिएको छ।

National Life

सिमरा उड्नका लागि यात्रु चढाइसकिएको अवस्थामा नेताद्वयसहित सबै यात्रुलाई विमानबाट ओरालिएको हो। बुधबार, नेताहरू चढेको बुद्ध एअरको जहाजलाई सिमरा विमानस्थलमा अवतरण गर्न नदिने गरी प्रदर्शन गरिएको कारण काठमाडौंबाट जहाज उड्न सकेको छैन।

सिमरा विमानस्थलमा जेन–जी प्रदर्शनकारीहरूले मुख्य गेट भत्काएर विमानस्थल कब्जा गरेका छन्। यसैबीच, तनाव नियन्त्रणका लागि विमानस्थल वरिपरि कर्फ्यू आदेश जारी गरिएको छ।

Classic Tech Mobile
Classic Tech Desktop

बाराको तनावका कारण काठमाडौंबाट जहाज उड्न नसकेको बताइएको छ।

प्रतिकृया