• ४ साउन २०८३, सोमबार
  • ३:४६ बिहान

मोन्था’ चक्रवातको प्रभाव नेपालमा, भारी वर्षा र हिमपातको सम्भावना

प्रकाशित मिति

२०८२ कार्तिक १३ गते, बिहीबार ०९:२१

कात्तिक १३, २०८२ काठमाडौं— जल तथा मौसम विज्ञान विभागका अनुसार बंगालको खाडीमा विकसित चक्रवात ‘मोन्था’ को आंशिक प्रभाव नेपालमा परेको छ। हाल देशभर सामान्यतया बदली रही केही स्थानमा वर्षा भइरहेको विभागले जनाएको छ।

चक्रवात कमजोर हुँदै नेपालको मध्य भूभाग नजिक पुगेर कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको मौसमलाई शनिबारसम्म प्रभावित गर्नेछ।

Kamana Sewa

कोशी, बागमती र गण्डकीका उच्च पहाडी तथा हिमाली भू–भागमा भारी हिमपात र कोशी, मधेश, बागमती र लुम्बिनी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको विभागले जनाएको छ।

Classic Tech Desktop

विभागले वर्षा र हिमपातका कारण यातायात र जनजीवन प्रभावित हुन सक्ने भएकाले सतर्कता अपनाउन आग्रह गरेको छ।

प्रतिकृया