• २० असोज २०८३, मंगलबार
  • ११ः१० बिहान

प्रधानमन्त्री सुशिला कार्कीको त्रिपक्षीय छलफलमा जेनजी समूहका १३ जना सहभागी हुने

प्रकाशित मिति

२०८२ कार्तिक १२ गते, बुधबार ०४:४५

कात्तिक १२, २०८२ काठमाडौं— प्रधानमन्त्री सुशिला कार्कीले बोलाएको त्रिपक्षीय छलफलमा जेनजी समूहबाट १३ जना प्रतिनिधि सहभागी हुने भएका छन्।प्रधानमन्त्रीको सचिवालयका अनुसार, सरकार र राजनीतिक दलहरूसँग हुने छलफलमा मोनिका निरौला, रक्षा बम, पुरुषोत्तम यादव, सामना लावती, खेमराज साउँद, उपअर्जुन चाम्लिङ, भोजविक्रम थापा, मिराज ढुंगाना, विवेक दाहाल, जेम्स कार्की, रेहनराज डंगोल, अमीत खनाल र राजन रानामगर सहभागी हुँदै छन्।

National Life

छलफलमा राजनीतिक दलहरूबाट भने दोस्रो र तेस्रो तहका नेताहरू सहभागी हुने तयारी छ। प्रधानमन्त्री कार्कीले पहिलोपटक राष्ट्रिय मान्यता प्राप्त दलहरू र जेनजी अगूवालाई एउटै मंचमा राखेर संवाद सुरु गर्न लागेकी हुन्।

प्रतिकृया