• २० असोज २०८३, मंगलबार
  • ११ः०७ बिहान

आजको मन्त्रिपरिषद् बैठकले के–के गर्‍यो निर्णय ?

प्रकाशित मिति

२०८२ कार्तिक १२ गते, बुधबार ०४:३९

कात्तिक १२, २०८२ काठमाडौं— नेपाल सरकारले संघीय संसद्का पदाधिकारी तथा सदस्यहरूको पारिश्रमिक र सुविधासम्बन्धी ऐन २०७३ को अनुसूची–२ मा हेरफेर गरी सचिवालयको दरबन्दी घटाउने निर्णय गरेको छ। बुधबार बसेको मन्त्रिपरिषद्को बैठकपछि सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री जगदिश खरेलले यसबारे जानकारी दिएका हुन्।

National Life

बैठकले नेपाल र मौरिससबीच भएको दोहोरो कर मुक्ति सम्झौता अन्त्य गर्ने निर्णय समेत गरेको छ। साथै, छापाखाना र प्रकाशनसम्बन्धी दोस्रो संशोधन नियमावली २०८२ स्वीकृत गर्ने निर्णय भएको छ, जसअनुसार अनलाइन मिडियाको दर्ता र नवीकरण प्रक्रिया राजपत्रमा प्रकाशनपछि लागू हुनेछ।

त्यस्तै, सरकारले कतारको दोहामा हुने ‘सेकेन्ड वर्ल्ड समिट फर सोसल डेभलपमेन्ट’ कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेलको नेतृत्वमा कात्तिक १७ देखि २० गतेसम्म हुने औपचारिक भ्रमण स्वीकृत गरेको छ।

Classic Tech Mobile
Classic Tech Desktop

बैठकले साथै राष्ट्रिय सभा सदस्यको रिक्त पदपूर्तिका लागि माघ ११ गते (आइतबार) निर्वाचन मिति तोक्ने निर्णय पनि गरेको छ।

प्रतिकृया