• ४ साउन २०८३, सोमबार
  • १:३० बिहान

विप्लव नेतृत्वको नेकपा दल दर्ताका लागि निर्वाचन आयोगमा

प्रकाशित मिति

२०८२ कार्तिक ११ गते, मंगलवार ०१:५३

कात्तिक ११, २०८२ काठमाडौं— नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेताहरू आज, निर्वाचन आयोगको केन्द्रीय कार्यालय, कान्तिपथ, काठमाडौँमा दल दर्ताका लागि उपस्थित हुँदैछन्। यस क्रममा सन्तोष बुढामगर, प्रवक्ता खड्गबहादुर विश्वकर्मा, कर्णजित बुढा लगायतका नेताहरू वकिलहरूसहित आवश्यक कागजातसहित आयोगमा उपस्थित हुनेछन्। यसअघि आयोगमा गएका बेला केही कागजातहरू नपुगेका कारण दर्ता प्रक्रिया पूरा हुन सकेको थिएन। आज भने सबै आवश्यक कागजातसहित दल दर्ता प्रक्रिया अघि बढाउने तयारी गरिएको छ।

नेता बुढामगरका अनुसार, यही कात्तिक महिनाभित्रै दल दर्ता गर्ने योजना रहेको छ। निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने निर्वाचनका लागि कात्तिक ३० गतेभित्र दल दर्ताको प्रमाणपत्र लिनुपर्ने जनाएको छ।

Kamana Sewa

Classic Tech Desktop

प्रतिकृया