पूर्वप्रधानमन्त्री ओलीसहित पाँच जनाको पासपोर्ट रोक्का र स्थान हदबारे सर्वोच्चमा रिट दर्ता
प्रकाशित मिति
२०८२ कार्तिक ११ गते, मंगलवार ०२:२४
कात्तिक ११, २०८२ काठमाडौं—पूर्वप्रधानमन्त्री केपी शर्मा ओली, पूर्वगृहमन्त्री रमेश लेखक, पूर्वगृह सचिव गोकर्णमणि दुवाडी, पूर्वराष्ट्रिय अनुसन्धान विभाग प्रमुख हुतराज थापा र काठमाडौंका पूर्वप्रमुख जिल्ला अधिकारी छविलाल रिजाललाई विदेश जान पासपोर्ट रोक्का र काठमाडौं उपत्यका छाड्न रोक लगाएको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट दायर भएको छ।
मंगलबार अधिवक्ता प्रेमराज सिलवालले भदौ २३ र २४ गतेको घटनापछि गठन भएको जाँचबुझ आयोगको निर्णय गैरकानुनी भएको भन्दै रिट पेस गरेका हुन्। रिटमा उल्लिखित छ कि पासपोर्ट रोक्का र स्थान हदको निर्णयले संविधानले प्रत्याभूत गरेको सम्मानपूर्वक बाँच्न पाउने अधिकार र स्वतन्त्रता हनन भएको छ।

सर्वोच्च प्रशासनले रिटलाई अध्ययन गरिरहेको छ भने यसको पहिलो सुनुवाइ बुधबार हुने बताइएको छ। यसअघि संसद विघटन र सरकार गठनसम्बन्धी विषयमा सर्वोच्चमा १० भन्दा बढी रिट दर्ता भइसकेका छन्।





प्रतिकृया