• २० असोज २०८३, मंगलबार
  • १२ः०० दिउँसो

विप्लव नेतृत्वको नेकपाले ‘कम्युनिष्ट पार्टी नेपाल’ नाममा निर्वाचन आयोगमा दियो दल दर्ताको निवेदन

प्रकाशित मिति

२०८२ कार्तिक ११ गते, मंगलवार ०२:३३

कात्तिक ११, २०८२ काठमाडौं— नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले ‘कम्युनिष्ट पार्टी नेपाल’ नामक नयाँ दल दर्ता गर्न निर्वाचन आयोगमा निवेदन दिएको छ। मंगलबार पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ सहितका नेताहरू निर्वाचन आयोग पुगेर दल दर्ता आवेदन दिएका हुन्।

National Life

प्रकाण्डले जेनजी आन्दोलनपछि मुलुकको राजनीतिक परिस्थिति परिवर्तन भएको भन्दै फागुन २१ को निर्वाचनमा देखिएका जटिलताबीच पनि आफ्नो पार्टीले संस्थागत रूपमा दल दर्ता प्रक्रियामा प्रवेश गरेको बताए।

उनका अनुसार देश र जनताको आवश्यकता तथा हितलाई केन्द्रमा राख्दै पार्टीले आयोगमा दल दर्ता गर्न आएको हो। उनले यस कदमलाई ऐतिहासिक बताउँदै यो प्रक्रियाले मुलुकमा निर्वाचन समयमै हुने र चुनावी माहोल निर्माण गर्न सहयोग गर्ने दाबी गरे।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया