• २० असोज २०८३, मंगलबार
  • ११ः५७ बिहान

शेयर बजारमा उत्साहजनक सुधार, नेप्से ६२ अंकले उकालो

प्रकाशित मिति

२०८२ कार्तिक ११ गते, मंगलवार ०३:१३

कात्तिक ११, २०८२ काठमाडौं—  लगातार दुई दिनको सामान्य सुधारपछि आज शेयर बजारमा उल्लेखनीय वृद्धि देखिएको छ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) सूचक ६२.२९ अंकले बढेर २५७१.३४ बिन्दुमा पुगेको छ। कुल ३१४ कम्पनीका ९२ लाख ४३ हजार ७२३ कित्ता शेयर किनबेच हुँदै ४ अर्ब ५७ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको छ।

National Life

नेपाल राष्ट्र बैंक, धितोपत्र बोर्ड र अर्थ मन्त्रालयको सकारात्मक संकेतले लगानीकर्तामा विश्वास बढाएको छ। बजार सुधारसँगै नयाँ तथा दीर्घकालीन लगानीकर्ताहरू उत्साहित भएका छन्।

तर, केही विश्लेषकले राजनीतिक अस्थिरता र संभावित माफियागत चलखेलका कारण यो सुधार दीर्घकालीन नहुन सक्ने चेतावनी दिएका छन्। उपसमूहगत रूपमा वाणिज्य बैंक १.९२%, विकास बैंक ४.४७%, फाइनान्स ३.१४% र होटल तथा पर्यटन समूह २.८०% ले उकालो लागेको छ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया