• ४ साउन २०८३, सोमबार
  • ३:४६ बिहान

देशभर बदली,हल्का वर्षा र हिमपातको सम्भावना

प्रकाशित मिति

२०८२ कार्तिक १० गते, सोमबार ०७:३१

कात्तिक १०, २०८२ काठमाडौं— पश्चिमी वायु र अरब सागरमा बनेको न्यून चापीय प्रणालीको प्रभावका कारण आज देशभरको मौसम बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका साथै अन्य पहाडी भूभागमा साधारण बदली रहनेछ भने तराईका अधिकांश स्थानमा आंशिक बदली रहनेछ।

सबै प्रदेशका उच्च पहाडी र हिमाली भूभागका केही स्थानमा हल्का वर्षा वा हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ। राति पनि यस्तै मौसम रहने अनुमान गरिएको छ। गण्डकी र कर्णाली प्रदेशका पहाडी तथा हिमाली भूभागका केही स्थानमा मध्यम वर्षा वा हिमपात हुने सम्भावना छ।

Kamana Sewa

प्रतिकृया