• १ असोज २०८३, बिहीबार
  • १ः३० राती

आज साँझ अस्ताउँदो सूर्यलाई अर्घ दिँदै छठ पर्वको मुख्य दिन मनाइँदै

प्रकाशित मिति

२०८२ कार्तिक १० गते, सोमबार ०७:२६

कात्तिक १०, २०८२ काठमाडौं— सूर्य उपासना र शुद्धताको प्रतीक छठ पर्वको मुख्य दिन आज साँझ अस्ताउँदो सूर्यलाई अर्घ दिई मनाइँदैछ। ब्रतालुहरू विभिन्न नदी, पोखरी र जलाशयमा पुगेर अस्ताउँदो सूर्यलाई पूजा–आराधना गरी अर्घ दिने परम्परा रहिआएको छ।

National Life

छठ पर्वको भोलिपल्ट बिहान उदाउँदो सूर्यलाई अर्घ दिई पर्व समापन गरिन्छ। यस दिन सरकारले सार्वजनिक बिदा दिएको छ।ब्रतालुहरूले आज रातभर जाग्राम बसेर भोलि बिहान उदाउँदो सूर्यलाई अर्घ दिने तयारी गरेका छन्। राजधानीमा गौरीघाट, कमलपोखरी, विष्णुमती किनारा, नख्खु खोलो, गहनापोखरी, कुपण्डोललगायत स्थानमा पूजास्थल निर्माण गरिएको छ।

पहिले विशेषगरी तराई क्षेत्रमा मात्र मनाइने यो पर्व पछिल्ला वर्षहरूमा पहाडी र हिमाली क्षेत्रमा समेत मनाइने परम्परा बढ्दै गएको छ। यसले सामाजिक सद्भाव र एकता मजबुत बनाएको जनविश्वास छ। जनविश्वासअनुसार, विधिपूर्वक छठ व्रत सम्पादन गर्दा मनोकामना पूरा हुने, परिवारको कल्याण हुने र दुःख–कष्ट हट्ने मान्यता छ।

Classic Tech Mobile
Classic Tech Desktop

छठका व्रतालुहरूले कार्तिक शुक्ल चतुर्थीदेखि नै चोखो खानपान अपनाउने गर्छन्। केही व्रतालुहरू कोजाग्रत पूर्णिमाको भोलिपल्ट अर्थात् कार्तिक कृष्ण प्रतिपदादेखि नै लसुन, प्याजलगायत तामसी पदार्थ त्यागी सात्विक भोजन गरेर बस्ने गर्छन्। यही कारण यो पर्व अत्यन्त पवित्र र अनुशासित चाडका रूपमा स्थापित भएको मानिन्छ।

प्रतिकृया