ओलीको आरोप: सरकार मलाई थुन्न षड्यन्त्रमा लागेको छ
प्रकाशित मिति
२०८२ आश्विन ३१ गते, शुक्रबार ०७:३८
असोज ३१,२०८२ काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकारले आफूलाई पक्राउ गर्न लगातार प्रयास गरिरहेको गम्भीर आरोप लगाएका छन्। शुक्रबार सम्पन्न एमाले केन्द्रीय कमिटी बैठकको समापनमा सम्बोधन गर्दै ओलीले गृहमन्त्री ओमप्रकाश अर्याल आफूलाई थुन्न विभिन्न सल्लाह र छलफलमा संलग्न रहेको दाबी गरे।
ओलीले भने, “केपी ओलीलाई कसरी थुन्न सकिन्छ भनेर गृहमन्त्रीले छलफल गर्नुभयो, तर कहीँकतै केही भेटिएन।” उनले सरकार आफूमाथि पूर्वाग्रही ढंगले लागिपरेको र “जसरी पनि थुन्नुपर्छ” भन्ने मनसायसहित काम गरिरहेको आरोप लगाए।

ओलीका अनुसार, सुरक्षाप्रशासनका जेनजीहरूले उनीहरू दलविरुद्ध नरहेको भनेका छन्। तर उनले व्यङ्ग्यात्मक शैलीमा प्रश्न गरे, “साथीहरूले नरम भाषा बोल्नुस् भन्नुभएको छ, यसमा चिनी थपिदिनु?”

बैठकमा उनले एमालेभित्रका आन्तरिक विषयहरू सार्वजनिक नगरियोस् भन्दै पार्टी नेताहरूलाई पार्टीमै छलफल गर्न आग्रह गरे। साथै, उनले हाल तोकिएको निर्वाचन तोकिएकै समयमा नहुने दाबी पनि गरे।
यसअघि पनि ओलीले पटक–पटक वर्तमान सरकारप्रति आलोचनात्मक अभिव्यक्ति दिँदै आएका छन्। तर यो पटकको आरोप भने धेरै गम्भीर र व्यक्तिगत खालको भएको विश्लेषकहरूको ठम्याइ छ।




प्रतिकृया