• ६ असोज २०८३, मंगलबार
  • ४ः३३ बेलुका

अविरल वर्षापछि आएको बाढी–पहिरोबाट ३ अर्ब २६ करोडको बीमा दाबी

प्रकाशित मिति

२०८२ आश्विन ३१ गते, शुक्रबार ०१:४१

असोज ३१,२०८२ काठमाडौं– असोज १८ गतेदेखि देशभर परेको अविरल वर्षापछि आएको बाढी र पहिरोले ठूलो मात्रामा क्षति पुर्‍याएको छ। सोही विपत्तिबाट भएको क्षतिका कारण हालसम्म बीमा कम्पनीहरूमा ३ अर्ब २६ करोड ७६ लाख रुपैयाँ बराबरको बीमा दाबी दर्ता भएको छ। नेपाल बीमा प्राधिकरणका अनुसार, असोज ३० गतेसम्ममा प्राप्त विवरणअनुसार बाढी तथा पहिरोबाट क्षति भएका विभिन्न क्षेत्रहरूमा बीमित सम्पत्ति, बालीनाली, सवारीसाधन र निर्माण परियोजनाहरूमा क्षति पुगेको छ।

National Life

बीमा दाबीमध्ये सबैभन्दा बढी शिखर इन्सुरेन्समा ६० करोड ९४ लाख रुपैयाँ बराबरको दाबी परेको छ। त्यस्तै, सबैभन्दा कम दाबी स्टार माइक्रो इन्सुरेन्समा मात्र ८ लाख रुपैयाँ बराबरको परेको बीमा प्राधिकरणले जनाएको छ।

बीमा क्षेत्रगत विवरण हेर्दा सम्पत्ति बीमा ३६४ दाबी, जम्मा २ अर्ब ७० करोड ६९ लाख रुपैयाँ इन्जिनियरिङ तथा ठेकेदार जोखिम बीमा ८७ दाबी, ४८ करोड ४ लाख रुपैयाँ, कृषि तथा बाली बीमा २०९ दाबी, ४ करोड ३२ लाख रुपैयाँ, निजी मोटर बीमा ३३ दाबी, २ करोड ५२ लाख रुपैयाँ, सार्वजनिक मोटर बीमा ९ दाबी, १ करोड ५ लाख रुपैयाँ अन्य बीमा दाबी २ दाबी, १२ लाख ६० हजार रुपैयाँ बीमा प्राधिकरणले विपद्पछि बीमा सेवाग्राहीहरूले दाबी प्रक्रियामा सहजता पाउनुपर्ने बताउँदै, बीमा कम्पनीहरूलाई छिटोछरितो रूपमा दाबी निस्तारण गर्न निर्देशन दिएको छ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया