• ५ असोज २०८३, सोमबार
  • २ः४२ दिउँसो

प्रहरी प्रधान कार्यालयद्वारा दुई जिल्लामा एसपी हेरफेर

प्रकाशित मिति

२०८२ आश्विन ३१ गते, शुक्रबार ०१:३२

असोज ३१,२०८२ काठमाडौं– नेपाल प्रहरी प्रधान कार्यालयले दुई जिल्लाका प्रहरी उपरीक्षक (एसपी)हरूको हेरफेर गरेको छ। मधेश प्रदेशअन्तर्गत पर्ने धनुषा र रौतहट जिल्लामा नयाँ एसपीहरूलाई जिम्मेवारी दिइएको हो।

National Life

धनुषा जिल्लामा रुगम कुँवर नयाँ एसपीका रूपमा पठाइएका छन्। कुँवर यसअघि मानव बेचबिखन अनुसन्धान ब्यूरोमा कार्यरत थिए। उनी नरहरि रेग्मीको स्थानमा नियुक्त भएका हुन्, जो करिब ६ महिनादेखि धनुषाका एसपी थिए।

त्यस्तै, रौतहट जिल्लामा रवीन कार्कीलाई एसपीको रूपमा खटाइएको छ। उनी काठमाडौं उपत्यका प्रहरी कार्यालय, रानीपोखरीमा कार्यरत थिए। उनले नेत्रमणि गिरीको स्थान लिएका हुन्।

Classic Tech Mobile
Classic Tech Desktop

प्रहरी स्रोतका अनुसार नियमित सरुवा प्रक्रिया अन्तर्गत अनुभवी अधिकृतहरूलाई विभिन्न स्थानमा खटाइएको हो।

प्रतिकृया