नेकपा एमालेको ११ औँ महाधिवेशन मंसिर २७–२९ मा पोखरामा हुने
प्रकाशित मिति
२०८२ आश्विन ३१ गते, शुक्रबार ०७:४४
असोज ३१,२०८२ काठमाडौं– नेकपा एमालेले आफ्नो ११ औँ महाधिवेशन यही मंसिर २७ देखि २९ गतेसम्म पोखरामा गर्ने निर्णय गरेको छ। बुधबारदेखि सुरु भई तीन दिनसम्म चलेको केन्द्रीय कमिटी बैठकले महाधिवेशनको मिति र स्थान तय गरेको हो।
एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिएअनुसार, महाधिवेशनको आयोजना पोखरामा हुनेछ। बैठकमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले महाधिवेशनको मिति, स्थानसहितको राजनीतिक प्रतिवेदन पेश गरेका थिए।
प्रतिवेदन बैठकले पारित गरे पनि पारित गर्ने क्रममा विवाद उत्पन्न भएको थियो। उपाध्यक्षहरू युवराज ज्ञवाली र अष्टलक्ष्मी शाक्यले प्रतिवेदनमा असहमति जनाउँदै प्रतिवाद गरेका थिए। उनीहरूले केही विषयमा फरक मत राख्दै खुला रूपमा आलोचना गरेका थिए।
महाधिवेशन एमालेको संगठनात्मक पुनर्संरचना र नेतृत्व चयनका दृष्टिले महत्वपूर्ण मानिएको छ। आन्तरिक असहमतिका बीच महाधिवेशनको तयारी अघि बढ्ने संकेतले पार्टीभित्रको शक्ति सन्तुलनमा समेत प्रभाव पार्न सक्ने अनुमान गरिएको छ।








प्रतिकृया