• ४ साउन २०८३, सोमबार
  • ३:४६ बिहान

नेपालमा यस वर्षको मनसुन बाहिरिन सुरु

प्रकाशित मिति

२०८२ आश्विन २० गते, सोमबार ०३:१२

असोज २०, २०८२ काठमाडौं-  नेपालमा यस वर्षको मनसुन बाहिरिन सुरु गरेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार आज सुदूरपश्चिम र कर्णाली प्रदेशबाट पूर्णरूपमा मनसुन बाहिरिएको छ। विभागले जानकारी दिएको अनुसार लुम्बिनी प्रदेशको पश्चिमी भूभागका धेरै स्थान र गण्डकी प्रदेशको पश्चिमी भूभागका केही स्थानबाट पनि मनसुन बाहिरिएको छ।

मनसुनी वायु क्रमशः कमजोर हुँदै गएकाले आगामी केही दिनमै बाँकी प्रदेशहरूबाट पनि मनसुन बाहिरिने विभागले जनाएको छ। नेपालमा सामान्यतया मनसुन जुलाई १३ तारिख (असार २९) मा प्रवेश गर्ने र अक्टोबर २ तारिख (आश्विन १६) मा बाहिरिने गर्छ। तर, यस वर्ष मनसुन सरदर मितिभन्दा १५ दिन अघि, अर्थात् मे ३० (जेठ १६) गते भित्रिएको थियो। बाहिरिन भने चार दिन ढिलो, अर्थात् आज अक्टोबर ६ (असोज २०) बाट सुरु भएको हो।

Kamana Sewa

मौसम विभागले अबको केही दिनमा देशभर मनसुन समाप्त हुने प्रक्षेपण गरेको छ।

Classic Tech Desktop

प्रतिकृया