• ४ साउन २०८३, सोमबार
  • १:२९ बिहान

मन्त्री खड्का र तीन सचिवबीच चालु वर्षको कार्यसम्पादन सम्झौता सम्पन्न

प्रकाशित मिति

२०८२ भाद्र ११ गते, बुधबार ०३:१४

भदौ ११,२०८२ काठमाडौं – ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयले चालु आर्थिक वर्ष २०८२/८३ का लागि कार्यसम्पादन सम्झौता गर्दै परिणाममुखी योजनाहरू कार्यान्वयन गर्ने प्रतिबद्धता जनाएको छ।

बुधवार सम्पन्न सम्झौतामा ऊर्जा मन्त्री दीपक खड्का र मन्त्रालयअन्तर्गतका ऊर्जा सचिव सुरेश आचार्य, जलस्रोत तथा सिंचाई सचिव सरीता दवाडी, तथा जल तथा ऊर्जा आयोग सचिवालयका सचिव दिनानाथ मिश्र सहभागी थिए।

Kamana Sewa

सम्झौतामा मन्त्री खड्काले गत वर्षको अनुभवलाई आधार बनाएर यसपटक उल्लेखित लक्ष्यभन्दा बढी उपलब्धि हासिल गर्ने विश्वास व्यक्त गरे। उनले अनलाइन प्रणालीमार्फत नियमित रिपोर्टिङ, र हरेक हप्ता प्रगति मूल्याङ्कन गर्ने योजनासमेत अघि सारे। खड्काले अन्तरमन्त्रालय समन्वय र विभागीय तालमेल मजबुत पार्नुपर्नेमा जोड दिँदै समयमै योजनाहरू सम्पन्न गर्न निर्देशन पनि दिएका छन्।

Classic Tech Desktop

यसअघि साउन २९ गते प्रधानमन्त्री कार्यालयमा प्रधानमन्त्री केपी शर्मा ओलीसँग ऊर्जा मन्त्री खड्काबीच पनि कार्यसम्पादन सम्झौता सम्पन्न भएको थियो। कार्यक्रममा सिंचाई सचिव सरीता दवाडीले मूल्याङ्कन प्रतिबद्धतामूलक हुने भएकाले प्रत्यक्ष परिणाम देखिने गरी अघि बढ्नुपर्ने बताउँदै शतप्रतिशत प्रगतिलक्ष्य हासिल गर्ने दृढता व्यक्त गरिन्।

त्यस्तै, सचिव दिनानाथ मिश्रले सम्झौतामा उल्लेखित लक्ष्य कार्यान्वयन गर्दै संस्थागत उद्देश्य पूरा गर्न सबै पक्ष एकजुट भएर लाग्नुपर्नेमा जोड दिए। कार्यक्रममा मन्त्रालयका विभिन्न महाशाखा प्रमुख तथा विभागीय महानिर्देशकहरूले पनि आफ्ना क्षेत्रसँग सम्बन्धित कार्यसम्पादन सम्झौतामा हस्ताक्षर गरेका थिए।

प्रतिकृया