• २० असोज २०८३, मंगलबार
  • ११ः१५ राती

काँकडभिट्टाबाट एक महिनामा १ अर्ब ५० करोड रुपैयाँभन्दा बढीको पेट्रोलियम पदार्थ आयात

प्रकाशित मिति

२०८२ भाद्र ११ गते, बुधबार ०३:२८

भदौ ११,२०८२ काठमाडौं – चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो महिनामा काँकडभिट्टा नाकाबाट एक अर्ब ५० करोड १३ लाख ६५ हजार रुपैयाँ बराबरको पेट्रोलियम पदार्थ आयात भएको छ।

National Life

मेची भन्सार कार्यालयका सूचना अधिकारी ईश्वरकुमार हुमागाईँका अनुसार अघिल्लो वर्षको सोही अवधिसँग तुलना गर्दा यस वर्ष पेट्रोलियम आयातमा ३.६० प्रतिशतले वृद्धि भएको छ। अघिल्लो वर्षको तुलनामा ५ करोड २२ लाख रुपैयाँले बढी आयात भएको बताइएको छ।

पेट्रोलियम पदार्थको आयातमा वृद्धि भएपछि सो बाट संकलन हुने राजस्वमा समेत उल्लेखनीय वृद्धि भएको छ। हुमागाईँका अनुसार यस अवधिमा पेट्रोलियम आयातबाट ७४ करोड ८३ लाख ३२ हजार रुपैयाँ राजस्व संकलन भएको छ, जुन अघिल्लो वर्षको तुलनामा ७ करोड ९१ लाख ५३ हजार रुपैयाँले (११.८० प्रतिशत) बढी हो।

Classic Tech Mobile
Classic Tech Desktop

भन्सार कार्यालयका तथ्यांकअनुसार, सो अवधिमा ८ हजार ९०४ किलोलिटर पेट्रोल आयात गरिएको छ, जसको मूल्य ७७ करोड ३ लाख रुपैयाँ छ। ४ हजार ६७६ किलोलिटर डिजेल आयात भएको छ, जसको मूल्य ४४ करोड ११ लाख रुपैयाँ छ। १ हजार ९३३ मेट्रिक टन एलपी ग्यास आयात भएको छ, जसको मूल्य २० करोड ३ लाख रुपैयाँ पुगेको छ। ७९२ किलोलिटर एटीएफ (हवाई इन्धन) को आयात ७ करोड ३ लाख रुपैयाँ बराबर भएको छ। १२८ किलोलिटर मट्टितेल समेत आयात गरिएको छ, जसको मूल्य १ करोड १३ लाख रुपैयाँ रहेको छ।

चालु आर्थिक वर्षको सुरुवातमै देखिएको यो वृद्धिले देशको ऊर्जा मागमा स्थायीत्व तथा व्यापारिक गतिबिधिको संकेत दिने विश्लेषण गरिएको छ।

प्रतिकृया