• ४ साउन २०८३, सोमबार
  • १:४९ बिहान

स्वास्थ्य मन्त्रालयको प्रस्ताव: नयाँ बजेटअनुसार २१ सय डाक्टर-नर्स थप्ने तयारी

प्रकाशित मिति

२०८२ श्रावण १९ गते, सोमबार ०१:११

श्रावण१९,२०८२ काठमाडौं  आर्थिक वर्ष २०८२/८३ को बजेट कार्यान्वयनका सन्दर्भमा अर्थ मन्त्रालयले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसँग विशेष छलफल गरेको छ। छलफलका क्रममा संघीय अस्पतालहरूमा विशिष्टकृत सेवा तथा सेवा विस्तारका लागि २१ सय जनशक्ति थप गर्ने प्रस्ताव गरिएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले डाक्टर, नर्स लगायतको आवश्यक जनशक्ति थप्न प्रस्ताव गरेको हो। स्वास्थ्य मन्त्री प्रदीप यादवले सातवटै प्रदेशमा सेवा विस्तार र स्वास्थ्य सेवा प्रवाहलाई थप प्रभावकारी बनाउन नयाँ जनशक्ति अपरिहार्य रहेको बताए।

Kamana Sewa

उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले छिटो, प्रभावकारी र गुणस्तरीय स्वास्थ्य सेवा प्रवाहका लागि दक्ष जनशक्ति आवश्यक भएको उल्लेख गर्दै, प्रस्तावमा थप परामर्शपछि अगाडि बढ्ने बताएका छन्। छलफलमा स्वास्थ्य बीमा, सामाजिक सुरक्षा कार्यक्रम, बालबालिकालाई निःशुल्क उपलब्ध गराइने औषधी, भक्तपुरको दुवाकोटमा निर्माण गरिने वीर अस्पतालको विस्तृत परियोजना प्रतिवेदन (DPR), जलन उपचार सेवा विस्तार लगायतका विषयमा पनि विचार–विमर्श भएको थियो।

Classic Tech Desktop

प्रतिकृया