• २ असोज २०८३, शुक्रबार
  • ३ः१२ राती

समयमै काम नसकाउने ११ निर्माण कम्पनी कालोसूचीमा

प्रकाशित मिति

२०८२ श्रावण १९ गते, सोमबार ०१:२१

श्रावण१९,२०८२ काठमाडौं समयमै ठेक्का काम सम्पन्न नगरेका ११ वटा निर्माण कम्पनीलाई सार्वजनिक खरिद अनुगमन कार्यालयले कालोसूचीमा राखेको छ।

National Life

कार्यालयले सोमबार एक सार्वजनिक सूचना जारी गर्दै विभिन्न निकायहरूको अनुरोधका आधारमा ती कम्पनीहरूलाई कालोसूचीमा राखिएको जनाएको छ। सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६३ को उपदफा (१) बमोजिम ती कम्पनीलाई एकदेखि दुई वर्षको अवधिसम्मका लागि कालोसूचीमा राखिएको हो।

सूचनामा उल्लेख भएअनुसार ती निर्माण कम्पनीहरूले ठेक्का लिएका निर्माण कार्य समयसीमा भित्र पूरा नगरेको पाइएपछि उनीहरूलाई कारबाहीस्वरूप कालोसूचीमा राखिएको हो। अब ती कम्पनीहरूले यो अवधिभर कुनै पनि सरकारी खरिद प्रक्रियामा भाग लिन पाउने छैनन्।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया