• ४ साउन २०८३, सोमबार
  • १:५४ बिहान

नेविसंघको तीन सूत्रीय मागसहित प्रदर्शन, १० कार्यकर्ता पक्राउ

प्रकाशित मिति

२०८२ असार ३० गते, सोमबार ०१:४२

असार ३०,२०८२ काठमाडौं ।  सत्ता साझेदार नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी संघ (नेविसंघ) ले सोमबार तीन सूत्रीय मागसहित प्रदर्शन गरेको छ। बल्खु सडकदेखि कीर्तिपुर उपकुलपति कार्यालयसम्म चक्काजाम गरिएको थियो।

प्रदर्शनका क्रममा नयाँ बानेश्वरस्थित निषेधित क्षेत्र तोड्न खोजेपछि नेविसंघका १० कार्यकर्ता पक्राउ परेका छन्। उनीहरूले सडकमा टायर जलाएर प्रदर्शन गरेका थिए।

Kamana Sewa

नेविसंघले विद्यालय शिक्षा ऐनमा विद्यार्थीको हित उपेक्षा भएको, त्रिवि सिनेट बैठकमा विद्यार्थी प्रतिनिधित्व अनिवार्य हुनुपर्ने र सम्पूर्ण शिक्षक नियुक्ति खुला प्रतिस्पर्धाबाट हुनुपर्ने माग राखेको छ।

Classic Tech Desktop

विद्यालय शिक्षा विधेयकको छलफल रोकिएकोमा पनि संघले आपत्ति जनाएको छ। प्रदर्शनमा नेविसंघका शीर्ष नेता र त्रिवि स्ववियु पदाधिकारीहरूको उपस्थिति थियो।

प्रतिकृया