• ३१ भदौ २०८३, बुधबार
  • ७ः०७ बेलुका

“फ्यूचर अफ लिगल स्टडिज इन नेपाल” सेमिनार सफलतापूर्वक सम्पन्न

प्रकाशित मिति

२०८२ असार ३० गते, सोमबार ०१:३१

असार ३०,२०८२ काठमाडौं । माउण्ट भ्यू इन्टिच्युट अफ ल एण्ड टेक्नोलोजी (टेक ल कलेज) द्वारा आयोजित “फ्यूचर अफ लिगल स्टडिज इन नेपाल” नामक सेमिनार आज सफलतापूर्वक सम्पन्न भयो। यस कार्यक्रममा कानुनी क्षेत्रका विज्ञहरू, शिक्षाविद् र विद्यार्थीहरू सहभागी भएका थिए।

National Life

सेमिनारको उद्घाटन गर्दै राजर्षिजनक विश्वविद्यालयका मानविकी तथा कानुन संकायका डीन प्रा. डा. नरेन्द्र कटवालले भने, “यस सेमिनारले नेपालको कानुनी शिक्षा र अनुसन्धानको दिशा निर्धारण गर्न मद्दत गर्नेछ। यसले नेपालका कानुनी क्षेत्रलाई प्रविधिमैत्री, प्रभावकारी र समावेशी बनाउन महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे।”

अर्का वक्ता डा. तारानाथ घिमिरेले भने, “मानविकी र कानुनबीच गहिरो सम्बन्ध छ। मानविकीले मानव जीवन, समाज र संस्कृतिको गहिरो बुझाइ दिन्छ भने कानुनी अध्ययनले तिनलाई व्यावहारिक रुपमा लागू गर्न मद्दत गर्दछ। यसले हाम्रो समाजलाई न्याययुक्त, मानवकेन्द्रित र समावेशी बनाउन सघाउ पुर्‍याउँछ।”

Classic Tech Mobile
Classic Tech Desktop

सहायक डीन समीप घिमिरेले भने, “विद्यार्थीहरूले मुख्य पाठ्यक्रम र अभ्यासमूलक विषयवस्तुहरूमा विशेष ध्यान दिनुपर्छ। नेपालको कानुन व्यवसायी परिषद्ले निर्धारण गरेको खाकालाई आधार मान्दै, राजर्षिजनक विश्वविद्यालयले अभ्यासमुखी शिक्षालाई प्राथमिकता दिएको छ।”

कार्यक्रममा सबैलाई स्वागत गर्दै माउण्ट भ्यू कलेजका प्रिन्सिपल गोपीकृष्ण न्यौपानेले भने, “हामीले उच्च गुणस्तरको शिक्षाप्रदायक वातावरण र आवश्यक सुविधाहरू उपलब्ध गराएका छौं। यसले विद्यार्थीहरूलाई अध्ययनमा सहजता र आत्मविश्वासका साथ अघि बढ्न प्रेरित गर्दछ।”

यसैबीच, नेपाली न्याय प्रणालीमा लामो अनुभव भएका न्यायाधीश मणीराम न्यौपानेले भने, “व्यावहारिक जीवनमा कानुनी ज्ञानको अत्यधिक महत्व छ। वकालत र न्यायिक सेवामा मैले देखेको छु कि, कलेजमा गरेको पढाइ मात्र होइन, व्यवहारिक अभ्यास र जीवनका यथार्थ परिस्थितिहरूलाई पनि ध्यान दिनु आवश्यक छ। जिम्मेवार नागरिक र जिम्मेवार कानुनी व्यवसायी बन्नु नै समाजमा न्याय कायम गर्नको लागि अनिवार्य शर्त हो।”

अन्त्यमा, शिक्षाविद् जनार्दन नेपालले सबैलाई धन्यवाद ज्ञापन गर्दै सेमिनार सफल भएको घोषणा गरे। समग्रमा, यस कार्यक्रमले नेपालको कानुनी शिक्षा र अनुसन्धानको नयाँ दिशा तय गर्ने, प्रविधि र मानविकीको मेललाई प्रवर्द्धन गर्ने, समाजमा न्यायको पहुँच पुर्याउने तथा मानव अधिकारको संरक्षणमा योगदान पुर्‍याउने अपेक्षा व्यक्त गरिएको छ।

प्रतिकृया