• ३१ भदौ २०८३, बुधबार
  • ९ः५५ राती

स्पेन भिसा काण्ड: गृहमन्त्री लेखकद्वारा आकस्मिक बैठक डाके

प्रकाशित मिति

२०८२ असार ३० गते, सोमबार ०१:२१

असार ३०,२०८२ काठमाडौं । गृहमन्त्री रमेश लेखकले स्पेनमा आयोजित राष्ट्रसंघीय कार्यक्रममा सहभागी गराउने नाममा भिसा लगाइएका व्यक्तिहरुबारे छानबिन गर्न सोमबार आकस्मिक बैठक डाकेका छन्।

National Life

एक बजे सिंहदरबारमा बस्ने उक्त बैठकमा गृहसचिव गोकर्णमणि दवाडी, आईजीपी दीपक थापा, सीआईबी प्रमुख चन्द्रकुबेर खापुङ, मानव बेचबिखन ब्युरो प्रमुख कृष्ण पंगेनी र अध्यागमन विभाग प्रमुख गोविन्द रिजाल सहभागी हुनेछन्।

गृहमन्त्रालय स्रोतका अनुसार, कुन एनजीओ वा आईएनजीओले ती व्यक्तिहरूलाई स्पेन लैजान अवैध रूपमा पैसा उठायो भन्ने विषयमा गम्भीर जाँचपड्ताल गरिनेछ। गृहमन्त्रीले बिहानै गृहसचिव र आईजीपीलाई बोलाएर छानबिनको निर्देशन दिइसकेका छन्।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया