• ४ साउन २०८३, सोमबार
  • ८:०५ बेलुका

स्पेन गएका प्रतिनिधि मण्डलबाहेकका व्यक्तिबारे छानबिन गर्न गृहमन्त्री लेखकको निर्देशन

प्रकाशित मिति

२०८२ असार ३० गते, सोमबार १२:५७

असार ३०,२०८२ काठमाडौं । गृहमन्त्री रमेश लेखकले प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा हालै सम्पन्न स्पेन भ्रमणमा सरकारी प्रतिनिधिमण्डलबाहेक सहभागी भएकाहरूको विषयमा गम्भीर छानबिन गर्न निर्देशन दिएका छन्। गृहमन्त्री लेखकले सोमबार बिहान गृह सचिव गोकर्णमणि दुवाडी र प्रहरी महानिरीक्षक (आईजीपी) दीपक थापालाई भेट गरी स्पेन भ्रमणमा सहभागी भएकाहरूको विवरण संकलन गर्न तथा विधिप्रक्रियाको अध्ययन गर्न निर्देशन दिएका हुन्।

उनले स्पष्टरूपमा भनेका छन्, “प्रधानमन्त्रीज्यूको प्रतिनिधि मण्डल बाहेक स्पेन को–को गए? कुन विधिप्रक्रिया र कुन संस्थामार्फत स्पेन भ्रमण गए भन्नेबारे छानबिन गर्न निर्देशन दिएको छु।” साथै, जानका लागि प्रयोग भएको भिजिट भिषाको प्रबन्ध कसले गर्‍यो भन्ने लगायतका विषयमा समेत अनुसन्धान गरिनेछ।

Kamana Sewa

छानबिनको कार्य प्रभावकारी बनाउन केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) र मानव बेचबिखन अनुसन्धान ब्युरोलाई खटाइने तयारी भएको बताइएको छ। गृहमन्त्री लेखकले यस विषयमा दोषी पाइएमा कानुनी कारबाही हुने स्पष्ट पार्दै भनेका छन्, “यस विषयमा दोषी देखिएकाहरूलाई कारबाही गरिनेछ।”

Classic Tech Desktop

प्रधानमन्त्री ओली गत असार १४ गते स्पेन भ्रमणमा गएका थिए। भ्रमणमा गैरसरकारी व्यक्ति वा प्रक्रियाविहीनरूपमा गएका भनिएका व्यक्तिहरूको संलग्नताबारे चासो बढेसँगै सरकार गम्भीर रूपमा लागेको देखिएको छ।

प्रतिकृया