• २१ असोज २०८३, बुधबार
  • ४ः४६ बिहान

रास्वपाको माग : गृहमन्त्रीसहित तीन मन्त्रीमाथि तुरुन्त कारबाही गर्न संसदमा दबाब

प्रकाशित मिति

२०८२ असार ३० गते, सोमबार ०२:०१

असार ३०,२०८२ काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले गृहमन्त्री रमेश लेखक, भूमिसुधारमन्त्री बलराम अधिकारी र संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्तामाथि तुरुन्त कारबाही गर्न माग गरेको छ।

National Life

सोमबार प्रतिनिधिसभाको बैठक सुरु हुनासाथ रास्वपाका सांसदहरूले उठेर विरोध जनाए। सभामुख देवराज घिमिरेले समय दिएपछि रास्वपाका सांसद अशोककुमार चौधरीले बोल्दै ती मन्त्रीहरूलाई संविधानभन्दा माथि नठान्न आग्रह गर्दै कारबाहीको माग गरे।

उनले भने, “गम्भीर आरोप लागेका मन्त्रीहरूबारे छानबिन किन गरिएको छैन? यदि उनीहरू संविधानभन्दा माथि छैनन् भने तुरुन्त कारबाही गरियोस्।” चौधरीले सरकारलाई सुशासनको प्रत्याभूति दिन पूर्णतः असफल भएको आरोप पनि लगाए।रास्वपाले भिजिट भिसा दुरुपयोग प्रकरणको विषय उठाउँदै विगत ४७ दिनदेखि संसद्को कामकारबाही बहिष्कार गर्दै आएको छ।

Classic Tech Mobile
Classic Tech Desktop

पछिल्लो समय संघीय मामिला मन्त्री राजकुमार गुप्ताको नाम जोडिएको घुस डिलको अडियो सार्वजनिक भएपछि पार्टीले थप आक्रोश व्यक्त गर्दै गृहमन्त्री लेखक र भूमिमन्त्री अधिकारीमाथि पनि प्रश्न उठाएको हो। रास्वपाले तीनै मन्त्रीमाथि तत्काल छानबिन सुरु गर्न र दोषी ठहरिए कारबाही गर्न सरकारलाई कडा दबाब दिएको छ।

प्रतिकृया