• ४ साउन २०८३, सोमबार
  • १:३६ बिहान

निक्षेप संकलन उपकरणमार्फत ६० अर्ब खिच्दै राष्ट्र बैंक

प्रकाशित मिति

२०८२ असार १८ गते, बुधबार १२:१७

असार १८, २०८२ काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंकिङ क्षेत्रमा देखिएको अत्यधिक तरलता व्यवस्थापन गर्न ६० अर्ब रुपैयाँ बराबरको निक्षेप संकलन उपकरण जारी गर्ने भएको छ। केन्द्रीय बैंकका अनुसार आज उक्त निक्षेप संकलनका लागि बोलकबोल प्रक्रिया सञ्चालन हुनेछ।

राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूको बढी तरलता नियन्त्रण गर्न यो उपाय अपनाउन लागेको हो। इच्छुक बैंक तथा वित्तीय संस्थाहरूले आज दिउँसो ३ बजेसम्म बोलकबोलमार्फत आवेदन दिन सक्नेछन्।

Kamana Sewa

यो निक्षेप संकलन उपकरण ६३ दिनका लागि हुनेछ भने साँवा र ब्याज भदौ १८ गते भुक्तानी गर्नुपर्नेछ। ब्याजदर भने बोलकबोलबाटै तोकिने छ। बैंक तथा वित्तीय संस्थाहरूले न्यूनतम १० करोड रुपैयाँ र अधिकतम ५ करोड रुपैयाँको गुणात्मक अंकगणना हुने गरी रकम माग गर्न पाउने व्यवस्था छ।

Classic Tech Desktop

यसरी संकलित रकमले बजारको तरलता सन्तुलनमा ल्याउन सहयोग पुर्‍याउने राष्ट्र बैंकको विश्वास छ।

प्रतिकृया