• १ असोज २०८३, बिहीबार
  • १२ः४८ राती

रोबोटेक नेपाल र लाबरटरी स्कुलको सहकार्यमा अन्तरविद्यालय STEM प्रतियोगिता २०८२ हुँदै

प्रकाशित मिति

२०८२ असार १८ गते, बुधबार १२:४७

असार १८, २०८२ काठमाडौं । रोबोटेक नेपाल र लाबरटरी स्कुलको सहकार्यमा ‘अन्तर-विद्यालय STEM प्रतियोगिता २०८२’ साउन १० गते आयोजना हुने भएको छ। किर्तिपुरस्थित लाबरटरी स्कुलमा बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म सञ्चालन हुने उक्त कार्यक्रमले विद्यार्थीहरूको सिर्जनशीलता, सोच र प्राविधिक सीपलाई प्रवर्द्धन गर्ने लक्ष्य राखेको छ।

National Life

२०२० मा स्थापना भएको रोबोटेक नेपाल कोटेश्वर, काठमाडौंमा आधारित एक अग्रणी संस्था हो, जसले नेपालभरका ५० भन्दा बढी शैक्षिक संस्थाहरूसँग सहकार्य गर्दै STEM, रोबोटिक्स र कोडिङ शिक्षा प्रदान गर्दै आएको छ।

प्रतियोगितामा स्क्र्याच गेम विकास, ब्लुटुथ-कन्ट्रोल कार रेस, र टावर निर्माणजस्ता रचनात्मक तथा चुनौतीपूर्ण गतिविधिहरू समावेश गरिएको छ। यी प्रतियोगिताले विद्यार्थीहरूलाई रमाइलो तरिकाले प्राविधिक सीप सिक्न, नयाँ विचार ल्याउन र सिर्जनात्मकता अभिव्यक्त गर्न सहयोग पुर्‍याउने आयोजकहरूको विश्वास छ।

Classic Tech Mobile
Classic Tech Desktop

समूहमा काम गर्दा विद्यार्थीहरूले एकअर्कासँग सहयोग गर्न, समस्या समाधान गर्न, आत्मविश्वास विकास गर्न र नेतृत्व क्षमताको पहिचान गर्न सक्नेछन्। यसले उनीहरूको शैक्षिक मात्र नभई व्यावहारिक जीवन सीपमा समेत महत्वपूर्ण योगदान पुर्‍याउनेछ।

विद्यालयहरूको लागि पनि यस्ता कार्यक्रमले शिक्षा प्रणाली सुधारमा मद्दत पुर्‍याउने, प्रतिष्ठा वृद्धि गर्ने र विद्यार्थीहरूको सर्वाङ्गीण विकासमा योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।

प्रतियोगितामा हुने गतिविधिहरू:

१. Scratch Game Development – विद्यार्थीहरूले SCRATCH प्रयोग गरी अन्तरक्रियात्मक गेम डिजाइन र कोड गर्नेछन्। खेलको शीर्षक कार्यक्रम स्थलमै खुलाउने व्यवस्था गरिएको छ। (२ जनाको समूह)

२. Bluetooth Controlled Car Race – विद्यार्थीहरूले आफैंले निर्माण गरेका कारहरू ब्लुटुथ मार्फत ट्र्याकमा दौडाउनुपर्नेछ। (२ जनाको समूह)

३. Tallest Tower Construction Design – टुथपिक र ग्लु गनको प्रयोग गरेर सबैभन्दा अग्लो र स्थिर टावर निर्माण गरिनेछ, जुन १ मिनेटसम्मको कम्पन परीक्षणमा टिक्नुपर्नेछ। (३ जनाको समूह)

कार्यक्रम कक्षा ४ देखि ९ सम्मका विद्यार्थीहरूको लागि लक्षित गरिएको छ। आयोजकका अनुसार, यस प्रतियोगिताले विद्यार्थीहरूलाई समूहमा काम गर्ने, समस्या समाधान गर्ने, र प्राविधिक सीप विकास गर्ने अवसर प्रदान गर्नेछ।

दर्ता तथा थप जानकारीका लागि:

दर्ता फारम: https://forms.gle/5zxZGq85TGKhfmPw5

https://www.robotechnepal.com.np

  • Registration: ९७६१६६७१३६ / ९८२३७२८८४९
  • Training Support: ९७०९१३८८७३
  • Inquiries: ९७६३६१७१७४

रोबोटेक नेपाल र लाबरटरी स्कुलले विद्यार्थीहरूलाई आफ्नो नवीनता प्रस्तुत गर्न र STEM क्षेत्रमा उत्साहित हुन प्रेरणा दिने उद्देश्यसहित कार्यक्रम आयोजना गर्न लागेको जनाएका छन्।

प्रतिकृया