• १ असोज २०८३, बिहीबार
  • ३ः३५ राती

भारतबाट मूल्य घटेर आए पनि घटेन एलपी ग्यासको मूल्य

प्रकाशित मिति

२०८२ असार १८ गते, बुधबार ०१:०६

असार १८, २०८२ काठमाडौं । इन्डियन आयल कर्पोरेसन (आईओसी)ले मूल्य घटाएर पठाए पनि नेपाल आयल निगमले खाना पकाउने ग्यासको मूल्य नघटाएको पाइएको छ। मंगलबारदेखि लागू हुने गरी कम्पनीले प्रतिसिलिन्डर ५८ रुपैयाँ ५० पैसाले मूल्य घटाएको हो। नयाँ मूल्यअनुसार दिल्लीमा व्यवसायिक ग्यासको मूल्य अब १६६५ रुपैयाँ पुगेको छ, जुन यसअघि १७२३ रुपैयाँ ५० पैसा थियो।

National Life

यो पछिल्लो समायोजनभन्दा अगाडि पनि जुन १ मा प्रतिसिलिन्डर २४ रुपैयाँले मूल्य घटाइएको थियो। भारतमा व्यवसायिक ग्यासको मूल्य क्रमिक रूपमा घटिरहेका बेला आईओसीले सोमबार साँझ नेपाल आयल निगमलाई पनि नयाँ मूल्य सूची पठाएको थियो। उक्त सूचीमा प्रतिसिलिन्डर ५१ रुपैयाँले मूल्य घटाइएको देखिन्छ।

नेपालमा मूल्य यथावत्, पेट्रोलियममा उल्टै वृद्धि

Classic Tech Mobile
Classic Tech Desktop

तर, नेपाल आयल निगमले भारतबाट घटेर आएको मूल्यलाई समायोजन नगरी व्यवसायिक ग्यासको मूल्य यथावत् राख्ने निर्णय गरेको छ। उल्टै निगमले पेट्रोल, डिजेल र हवाइ इन्धनको मूल्यमा वृद्धि गरेको छ।

निगमले पेट्रोलियम पदार्थमा स्वचालित मूल्य प्रणाली लागू भएको दाबी गर्दै आए पनि ग्यासमा भने विगतमा भएको घाटालाई देखाउँदै उपभोक्तालाई राहत दिन अस्वीकार गरेको हो। उपभोक्ताहरूले भारतमा पटक–पटक ग्यास सस्तो हुँदा पनि नेपालमा त्यसको लाभ नपाएको भन्दै आलोचना गर्दै आएका छन्।

प्रतिकृया