• ४ साउन २०८३, सोमबार
  • २:२५ बिहान

इटालीकी प्रधानमन्त्री मेलोनी र ट्रम्पबीच भेटवार्ता

प्रकाशित मिति

२०८२ बैशाख ५ गते, शुक्रबार १०:२१

वैशाख ५, २०८२ काठमाडौँ: इटालीकी प्रधानमन्त्री जर्जिया मेलोनीले आफ्नो अमेरिका भ्रमणको क्रममा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई भेटेकी छिन् ।

भेटघाटको क्रममा जर्जिया मेलोनी र ट्रम्पले अमेरिका र युरोप बीचको सम्भावित व्यापार सम्झौताको बारेमा कुरा गरेकी छन् ।

Kamana Sewa

मेलोनीसँग भेट गरेपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले व्यापार सम्झौता हुने कुरा १०० प्रतिशत निश्चित रहेको र यो निष्पक्ष सम्झौता हुने बताए । त्यस्तै मेलोनीले पनि सम्झौतामा पुग्ने कुरामा विश्वस्त रहेको प्रतिक्रिया दिएकी छन् ।

Classic Tech Desktop

अप्रिल २ मा, अमेरिकी राष्ट्रपति ट्रम्पले विश्वका धेरै देशहरूमा पारस्परिक शुल्क लगाएका थिए । ट्रम्पले युरोपेली संघबाट आयात हुने सामानहरूमा २० प्रतिशत कर लगाएपछि र त्यसपछि ९० दिनको लागि निलम्बन गरेपछि मेलोनी अमेरिका भ्रमण गर्ने पहिलो युरोपेली नेता हुन् ।

प्रतिकृया