कैलालीकाे बर्दगाेरियामा एक विदेशी नागरिक मृत फेला
प्रकाशित मिति
२०८२ बैशाख ५ गते, शुक्रबार १०:२६
वैशाख ५, २०८२ धनगढी : कैलालीकाे बर्दगाेरियास्थित एक घरमा विदेशी नागरिक मृत अवस्थामा भेटिएका छन् ।
प्रहरीका अनुसार ईग्ल्यान्ड घर भएका टुरिष्ट भिसामा नेपाल आएका ६५ वर्षीय स्पेफन गाेर बिहीबार राति बर्दगाेरिया गाउँपालिका- ४ नाेमाबाेझीमा मृत भेटिएका हुन् ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) कबिन्द्र सिंह बाेहराले गत कार्तिक देखि स्थानीय मानबहादुर मल्लकाे घरमा डेरा गरि बस्ने गाेर राती सुतेकाे काेठामै मृत भेटिएको बताए ।

उनकाअनुसार उनी काेठामा भित्रबाट चुक्कुल लगाएर ढाेका बन्द गरेकाे अवस्थामा मृत भेटिएका थिए ।
साेही ठाउँ बस्दै आएकी भारतकाे तामिलनाडु घर भएकी नेपाली मूलकी चित्राकुमारी बमले बाेलाउँदा नबाेलेपछि ढाेका खाेलेर हेर्दा सुतेकै अवस्थामा मृत भेटिएका थिए ।
शव परीक्षणका लागि अस्पताल पठाइने र त्यसपछि शव सम्बन्धित देशमा पठाउने प्रकृिया अघि बढाइने प्रहरीले जनाएको छ ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।




प्रतिकृया