• ४ साउन २०८३, सोमबार
  • १:५२ बिहान

एक अर्बको ‘रिलायबल समृद्धि योजना’ बुधबारबाट बिक्री खुला

प्रकाशित मिति

२०८२ बैशाख ३ गते, बुधबार १२:१०

वैशाख ३, २०८२ काठमाडौँ: रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेड, कोष प्रबद्र्धक तथा रिलायबल इन्भेष्टमेन्ट एण्ड मर्चेन्ट क्यापिटल लिमिटेड योजना व्यवस्थापक रहेको ‘रिलायबल सामूहिक लगानी कोष’ अन्तर्गत सञ्चालन हुने पहिलो बन्दमुखी योजना ‘रिलायबल समृद्धि योजना’ बैशाख ३ गतेबाट बिक्री खुल्ला हुने भएको छ ।

जसको आकार रु. १ अर्ब रहेको छ । जस मध्ये ८,५०,००,००० (आठ करोड पचास लाख) इकाई अथवा रु ८५ करोड रुपियाँ बराबरको सार्वजनिक निष्काशन मार्फत विक्री खुल्ला गरिएको छ ।

Kamana Sewa

यस योजना बन्दमुखी प्रकृतिको योजना भएकोले यसका इकाईहरु धितोपत्र बजारमा सूचिकरण भई सार्वजनिक निष्काशन पश्चात सामूहिक लगानीकोष नियमावली, २०६७ बमोजिम धितोपत्र बजारमा खरिद बिक्रि गर्न सकिनेछ । यस योजना नेपालमा बीमा क्षेत्रबाट कोष प्रबद्र्धन गरिएको पहिलो सामूहिक लगानीकोष हो । यस योजनाको वार्षिक औषत प्रतिफल १७.७३ प्रतिशत प्रक्षेपण गरिएको छ ।

Classic Tech Desktop

रिलायबल सामूहिक लगानी कोषको सार्वजनिक निष्काशन बैशाख ३ गतेदेखि छिटोमा ७ गते र ढिलोमा १७ गतेसम्म खुल्ला हुँदैछ ।

इच्छुक लगानीकर्ताहरुले (व्यक्ति तथा संस्था) यस योजनामा न्यूनतम रु १ हजार देखि अधिकतम रु. १० करोड सम्म लगानीका लागि सी–आश्वा खाता रहेको बैँक वा मेरो शेयरमा लगईन गरी अनलाईन आवेदन गर्न सक्नेछ । कम्पनीले शेयरधनीहरुलाई उत्कृष्ट प्रतिफल दिने प्रतिवद्धता गरेको छ ।

प्रतिकृया